कालिमाटी तरकारी बजारमा आज : लोकल टमाटर प्रतिकिलो १० रुपैयाँ मात्रै, अरु तरकारीको मुल्य कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार स्थानीय सानो गोलभेडा १० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै परबार ६५, घिरौला ४५, पाकेको फर्सी ३७, लाम्चो हरियो फर्सी २५, डल्लो हरियो फर्सी २५ रुपैयाँमा बिक्री भएको छ ।

स्वदेशी ठूलो गोलभेडा ६५, स्थानीय सानो गोलभेडा १०, टनेलको सानो गोलभेडा १५, रातो आलु ५२.६७, मुढे आलु ४९, प्याज ८७.६७, गाजर ६५, बन्दा २२.३३, स्थानीय काउली ५५, ज्यापु काउली ६५, लाम्चो भान्टा ४५, तने बोडी ८५, घिउ सिमी ५५, राजमा घिउ सिमी १३५, तिते करेला ४५ र भिण्डी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

पिडालु ९५, स्कुस ६५, रायो साग ४५, तोरीको साग २५, कन्ये च्याउ १५६, डल्ले च्याउ २९०, राजा च्याउ २९०, ब्रोकाउली ११०, गुन्द्रुक २७६, कटहर ४५, अकवरे हरियो खुर्सानी १७६.६७, भेडे खुर्सानी ५५, चााइनिज लसुन २२५ र अदुवा २७० रुपैयाँ प्रतिकिलोमा आइबार बिक्री भएको छ ।

Scroll to Top