गणेशबाबु अधिकारीको उपन्यास ‘रेजा’ लोकार्पण

गजलकारको रुपमा परिचित गणेशबाबु अधिकारीको पहिलो आख्यान कृतिका रुपमा “रेजा” उपन्यास बजारमा आएको छ । आज राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रमका बिच पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कृति लोकार्पण गर्नुभयो ।

लोकार्पित कृतिमाथि समिक्षक महेश पौडेल र सुमन घिमिरे बर्षाले समिक्षा गर्नुभएको थियो भने प्रमूख अतिथि पूर्व प्रभानमन्त्री बाबुराम भट्टराईले पनि कृतिबारे बोल्नुभएको थियो । कृतिमाथि बोल्दै समिक्षकहरूले आदर्श प्रेमलाई मूल विषयबस्तु बनाएको उपन्यासले गोरखा क्षेत्रको आञ्चलिकतालाई प्रश्तुत गरेको बताउनु भयो । उपन्यासकार अधिकारीले उपन्यासमा केही आफ्ना जीवन भोगाई र केही आम मानिसका कथाहरू  बुनेर उपन्यास तयार गरेको बताउनु भयो ।    

पेज टर्नरले प्रकाशन गरेको सो कृति लोकार्पणको कार्यक्रमको अध्यक्षता पेज टर्नरका अध्यक्ष भुवनहरी सिग्देलले गर्नुभएको थियो ।

लोकार्पण कार्यक्रम सकिएपछि सोही हलमा “मधुवन गजल साँझ” गजल कार्यक्रम भएको थियो । बाबु त्रिपाठीले सहजिकरण गर्नुभएको सो गजल साँझमा गजलकारहरू अन्जान यात्री, बिमला विकिरण, राज भट्टराई र विपिन मर्मले पाँच पाँच वटा गजल वाचन गर्नुभएको थियो ।

Scroll to Top