ग्रील व्यवसायी र कर्मचारिको स्वास्थ परीक्षण

काठमाडौ ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौ पूर्वी क्षेत्रीय समितिले जनस्वास्थ कार्यालय काठमाडौको सहयोगमा ग्रील व्यवसायीमा काम गर्ने कर्मचारिहरुको स्वास्थ परिक्षण सम्पन्न गरेको छ ।

काठमाडौ जिल्ला अध्यक्ष सुनिल अमात्यले कार्यक्रमको उद्घाटन गर्दै ग्रील ब्यवसाय अन्य ब्यवसाय भन्दा जोखिम ब्यवसाय भएकोले यस किसिमको स्वास्थ शिबिरले स्वम ब्यवसायी र कर्मचारिहरुलाइ राहत मिल्ने बताउदै ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौले जिल्ला ब्यापि रुपमा ब्यवसायी र कर्मचारिलाइ प्रत्यक्ष लाभ पुग्ने कामहरु गर्दै जाने बताए ।

कार्यक्रमका सभापती एवम पुर्बी क्षेत्रीय अध्यक्ष बिस्णु श्रेष्ठले सहभागी सबैलाइ धन्यवाद ज्ञापन गर्दै पहिलो पटक यति धेरै किस्किमको रोगको परिक्षण गरिएको स्वास्थ शिबिर उपलब्ध गराउने जनस्वास्थ कार्यालय काठमाडौलाई हार्दिक धन्यवाद दिदै आजको स्वास्थ परिक्षणबाट धेरै भन्दा धेरैले लाभ लिने बिस्वास ब्यक्त गरे ।

पुर्बी क्षेत्रीय समितिले आफ्नो क्षेत्रभित्र रहेका ग्रील तथा स्टील ब्यवसायी र कर्मचारिहरुको हकहितका लागि थप आकर्षक कार्यक्रमहरु निरन्तर रुपमा सन्चालन गर्दै जाने अध्यक्ष श्रेष्ठले बताए ।

काठमाडौका १४ वटै इकाइबाट सहभागिता जनाइएको उक्त शिबिरमाकपन इकाई समितिका अध्यक्ष भेसबहादुर श्रेष्ठले बिगत केही वर्ष यता ग्रील ब्यवसायमा ब्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी ज्ञानको कमिका कारण धेरै जनाले ज्यान गुमाएका र धेरैको अङभङ भएको हुदा यस किसिमको शिबिरहरु तल्लो लेभलसम्म सम्म गर्न आग्रह गरे ।

१२५ जनाले स्वास्थ परिक्षण गराएको शिबिरमा आफ्नो स्वास्थ परिक्षण गराउदै नेपाल घरेलु तथा साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष मोहन कटुवालले एकै ठाउमा आँखा , कान , छाला , प्रेसर सुगरको परिक्षण गरि निशुल्क रुपमा औसधि समेत बितरण गरिएको यस्ता किसिममा कार्यक्रमहरुले स्वरोजगर ब्यवसायी र कर्मचारीहरुलाइ ठुलो राहत मिल्ने भएको हुदा अन्य क्षेत्र समिती ,इकाई समिती र जिल्लाहरुलाइ पनि यस किसिमको कार्यक्रमहरु उपलब्ध गराउन आफुले घरेलु महासघ मार्फत पहल गर्ने बताए ।

धुलिखेल अस्पताल , तिलगगा आँखा अस्पताल र जनस्वास्थ कार्यालयबाट आएका चिकित्सकको टोलिले स्वास्थ्य परिक्षण गरेका थिए ।

Scroll to Top