चन्द्रागिरि नगर क्षेत्रमा क्रियाशील खानेपानी उपभोक्ता समिति सम्मिलित अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगर क्षेत्रमा क्रियाशील खानेपानी उपभोक्ता समिति सम्मिलित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा खानेपानी व्यवस्थापन, सम्भावना, अवसर र चुनौतिका विषयमा छलफल भएको छ ।
चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा ऐन विवादले सर्वोच्च अदालत समक्ष अस्तित्व रक्षाको निमित्त परेको मुद्दाको अख्तिम फैसलाद्वारा निर्देशित नगरको संशोधित खानेपानी ऐन तथा कार्यविधिलगायत विविध विषयमा सहभागीहरुले आआफ्नो भनाइ राखेका थिए ।
छलफलमा सबै उपभोक्ता समितिद्वारा खानेपानी व्यवस्थापनको लागि चन्द्रागिरि नगरपालिकामा आएको प्रस्तावित एडीबी परियोजनालाई फिर्ता जान नदिन नगर प्रमुख गिरिलाई आग्रह समेत गरेका थिए ।


चन्द्रागिरि नगरका सबै वडाहरुमा सर्भे तथा पूर्वाधार निर्माणमा सहजीकरणको लागि प्रायः सबै उपभोक्ता समिति उत्साही रहेको सो कार्यक्रममा नगरस्तरीय खानेपानी उपभोक्ता समन्वय समितिले सबै उपभोक्ता समितिलाई छलफल बैठक राखी कहाँ कहाँ सर्भे गर्ने, कति वटा गर्ने र नगरपालिका र उपभोक्ता समितिहरुबीच समन्वय गर्दै आवश्यकताको सिद्दान्त अपनाउँदै खानेपानी वितरण प्रणालीलाई वैज्ञानिक र व्यवस्थित बनाउन ठोस निर्णय लिने भएका छन् ।
कार्यक्रममा चन्द्रागिरि नगरमा आएको गौरबको एडीबी परियोजना हामी सबैको आवश्यकता पनि हो र यसलाई सफल पार्नु हामी सबैको दायित्व रहेको समन्वय समितिका सहसंयोजक मधुकर बस्नेतले बताउँदै यस किसिमको कार्यले घाटा हैन नाफा र दीर्घकालिन फल मिल्ने हुँदा हामी सबै उपभोक्ता समिति यस विषयमा गम्भीर भएका छौं र सहजीकरणको लागि सहर्ष तयार रहेको बताए ।


एडीबी परियोजना सफल हुँदा नगर क्षेत्रमा १ अर्ब रुपैयाँ बराबरको पूर्वाधार तथा श्रोत व्यवस्थापन भई चन्द्रागिरिमा खानेपानी वितरण प्रणाली अझै व्यवस्थित, मजबुत र सर्वसुलभ हुने नगर प्रमुख गिरिले विश्वास व्यक्त गरे । पानी पानी योजनामा के के संशोधन गर्नुपर्छ गछौं, राजनीतिक भाषण जति लम्बाए पनि भयो जवे बोले पनि भयो तर एडीबी परियोजना फर्कन लाग्दा अभिभावकको नाताले दुःखी छु, त्यसैले यसलाई कार्यान्वयन गर्न आफू जे सुकै सहकार्य गर्न पनि तयार रहेको नगर प्रमुख गिरिले बताए ।
वडा नम्बर ८ का अध्यक्ष प्रल्हाद रिजाल भने आक्रोसित हुँदै भने, किन ८ नम्बरलाई मात्र हेरिन्छ, जबकी ८ नम्बर वडाले अरु ५ वटा वडालाई खानेपानी वितरण गरिरहेको छ ।
त्यसैगरी ट्यांकरबाट पानी उपत्यका पैठारी हुने क्रियाकलाप रोक्का गर्न र ती व्यवसायीहरुलाई पाइपलाइन मार्फत नगरकै सुख्खा वडाहरुमा पानी वितरण गर्न निर्देशनसहित आवश्यक छलफल गर्न समेत समन्वय समितिले नगर प्रमुखलाई सुझाव दिएका थिए ।

Scroll to Top