चन्द्रागिरि नगरपालिकाका भित्री मार्गहरूमा अटो सेवा सुरु

“अटो सेवा प्रा.लि” स्युचाटारको माग र चन्द्रागिरि नगरपालिका वडा नं ७ र ८ को अनुरोधमा नगर कार्यपालिकाको कार्यालयको मिति २०८१/०४/२७ निर्णय अनुसार यातायात संचालन नभएका भित्री सडकहरू (चन्द्रागिरि नगरपालिका वडा नं ६ चेकपोष्टबाट वडा नं. ७ हुँदै चन्द्रागिरि केबलकार स्टेशनसम्म र वडा नं ४ अवस्थित प्राथमिक अस्पतालसम्म र च.न.पा. ११ सतुंगल देखि च.न.पा. वडा नं ८ मातातीर्थमा अवस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थसम्म) सर्वसाधारणलाई आवत जावत गर्न सहज हुनेगरी पेट्रोलबाट सहजै संचालन हुन सक्ने तिनपांग्रे अटो रिक्सा संचालनमा ल्याईएको छ !

प्रचलित भाडादरमा फरक नपर्नेगरी , ट्राफिक व्यवस्थापनको जिम्मा सम्बन्धित संचालक समितिले लिनेगरी लगाएत
विभिन्न शर्तहरू राखेर नगरपालिकाले अटो संचालनको अनुमति दिएको हो ।

यद्यपि , स्थानीय सरकारले , स्थानीय यातायात सम्बन्धी ऐन तथा कार्यविधि निर्माण गरिनसकेको अवस्थामा बिना अध्ययन हचुवाको भरमा शहरी क्षेत्रमा अटो संचालनको अनुमती दिनु जायज नभएको चन्द्रागिरि बजार व्यवस्थापन समितिका सचिव खिम बहादुर ठकुरीले बताए !

गणेशमान सिंह राजमार्ग अन्तर्गतको गोदाम र देशकै दोस्रो केबलकार रहेको स्थान कसरी भित्री मार्ग भयो , यो कस्तो खालको परिभाषा हो ? साथै , यस्तो सतही निर्णयले स्थानीय व्यापार र व्यवसायमा कस्तो दीर्घकालिन असर पर्छ , कसैले सोचेको छ ? उनले प्रश्न गरे !

यसै सन्दर्भमा , चन्द्रागिरि नगरपालिका वडा नं ७ का वडा अध्यक्ष शम्भु केसीलाई शोणितपुर खबरले जिज्ञाशा राख्दा यातायात नचल्ने स्थानहरूमा अटो सेवा संचालन हुनुले भित्री गाउँ क्षेत्रका स्थानीय र वरपर घुम्न आउँने पर्यटकहरूका लागि सहज हुने भएकाले वडा स्तरबाट अटो संचालनको माग गरिएको बताए !

Scroll to Top