चन्द्रागिरिमै कपाल प्रत्यारोपण हुने

काठमाडौं : चन्द्रागिरिमै कपाल प्रत्यारोपण हुने भएको छ । चन्द्रागिरि नगरमा सुविधासम्पन्न मेडपोइन्ट अस्पतालमा सो सेवा सञ्चालनमा आएको हो ।
यस अस्पतालमा चन्द्रागिरि नगरभित्रकै पहिलो र उत्कृष्ट कपाल प्रत्यारोपणको सुविधासहित सञ्चालनमा आएको छ ।
चन्द्रागिरि ११ सतुंगलमा खुलेको यस अस्पतालमा ट्र्मा सेन्टर, चौबिसै घण्टा इमर्जेन्सी सेवा दिने उद्देश्यले सञ्चालनमा आएको अस्पतालका सञ्चालक सनिम मानन्धरले जानकारी दिए ।
यस अस्पतालमा औषधी पसल, प्याथोलोजी ल्याव, चस्मा पसल, भिडियो एक्स रे र ईको सेवाका साथै एक्स रे, ओपीडी सेवा सञ्चालन गरिरहेको छ ।

साथै हार्डजोर्नी, एपेन्डिसाइटिस, हर्निया आदिको अपरेशन समेत यस अस्पतालमा सञ्चालन भइरहेको छ ।

Scroll to Top