चन्द्रागिरिसहित काठमाडौँका यी स्थानमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौँको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

मर्स्याङ्दी काठमाडौँ २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई  सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा विद्युत् आवागमन प्रभावित हुने भएको हो । 

नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका अनुसार आज शनिबार प्राधिकरणको लाइनर फिडर ११ केभी इन्कमर अन्तर्गत मातातिर्थ, सतुङ्गल, मच्छेगाउँ, फर्पिङ फिडरमा आज बिहान १० बजेबाट अपरान्ह ३ बजेसम्म विद्युत सेवा सट डाउन हुनेछ ।

Scroll to Top