जनैपूर्णिमाका लागि गोसाइँकुण्ड स्नान गर्न पुग्न थाले भक्तजन

काठमाडौं ।  भाद्र ३ गते जनैपूर्णिमाको दिन पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन जाने क्रम जारी छ ।

सम्पूर्ण देवदेवताले जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा बास लिने धार्मिक विश्वास रहिआएको छ ।  यस कुण्डमा स्नान गरी दर्शन गर्नाले सबै देवताको दर्शन एकैथलोमा मिल्न गई आफ्ना सबै मनोकाङ्क्षा पूरा हुने समेत धार्मिक विश्वास रहिआएको छ । 

समुन्द्र सतहबाट करिब ४ हजार ३८० मिटर उचाईमा अवस्थित कुण्डमा दशहरा र जैनपूर्णिमा वर्षमा दुईपटक मेला लाग्ने गर्दछ । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि छन् । यस वर्ष यही भदौ ३ गते जैनपूर्णिमाका लागि श्रद्धालुहरू सो क्षेत्रतिर हिँडिसकेका छन् ।

राजधानी काठमार्डौलगायत देशका विभिन्न ठाँउबाट श्रद्धालुहरू गोसाईकुण्ड पग्ने गर्दछन् । जनैपूर्णिमाका दिन कुण्डमा स्नान गर्ने, भगवान शिवको पूजाआराधना गर्ने श्रद्धालुहरूको बोक्लो उपस्थिति रहने गर्दछ ।

Scroll to Top