जेष्ठ नागरिक भवन निर्माणका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आजबाट सुरु

काठमाडौं : चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा आजबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु हुँदैछ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा रहेको “जेष्ठ नागरिक संस्था”ले श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरि उक्त महायज्ञबाट संकलन भएको रकमले बहुउद्देश्यीय जेष्ठ नागरिक भवन निर्माण गर्ने लक्ष्य लिएको कार्यक्रमका संयोजक विवेक ढकालले बताए !

चन्द्रागिरि जेष्ठ नागरिक समाजलाई जग्गा खरिद गरेर भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आज पहिलो दिन शोभा कलश यात्रा गरेर महायज्ञ प्रारम्भ गर्ने भएको छ ।

भाद्र २० देखि २८ गतेसम्म चन्दनभराटेश्वर महादेव मन्दिरको प्राङ्गणमा हुन गइरहेको श्रीमद्भागवत महायज्ञ धार्मिक महोत्सवलाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण नगरबासीहरूलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्जय सिग्देलले आह्वान समेत गरेका छन् ।

Scroll to Top