तेस्रो इन्डो नेपाल कराते प्रतियोगितामा नेपाललाई २७ स्वर्ण

काठमाडौं । भारतको झारखण्डमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले २७ स्वर्ण जितेको छ ।

नेपालबाट उक्त प्रतियोगितामा २९ जना खेलाडीले भाग लिएकोमा २७ जनाले स्वर्ण (गोल्ड) र २ जनाले काश्य पदक (सिल्भर) पदक जित्न सफल भएका हुन् ।

पदक जित्न सफल काठमाडौंका दुईजना खेलाडीहरू शुशान्त र सौगातलाई आज काठमाडौं जिल्ला खेलकुद विकास समिति र जापान कराते डो कोशिकाइ संघको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रम राखिएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले शोणितपुर खबरलाई जानकारी दिएका छन् !

Scroll to Top