निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु

निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ। पूर्वी नवलपरासीको बिनय–त्रिवेणी गाउँपालिका–७ रानिनगरस्थित भोला सिंह क्षेत्रीको घरमा नयाँ निर्माण भइरहेको सेफ्टी ट्यांकीमा निसास्सिएर शुक्रबार दिउँसो उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलले बताए। 

मृत्यु हुनेमा घरभेटीका ३८ वर्षीय छोरा प्रकाश सिंह क्षेत्री, सोही ठाउँ बस्ने छिमेकी १९ वर्षीय गणेश बोगटी र सेफ्टी ट्यांकी बनाउने मिस्त्री बर्दघाट नगरपालिका–७ मोहम्मद राजा रहेका छन्। सेफ्टी ट्यांकीको उचाइ ८ फिट रहेको छ। 

Scroll to Top