नेकपा एकीकृत समाजवादी काठमाडौ जिल्ला उपाध्यक्ष थापा सहित दर्जनौंले गरे पार्टी परित्याग

काठमाडौं । नेकपा एकीकृत समाजवादीको काठमाडौंमा धेरै नेता कार्यकर्ताहरुले एकीकृत समाजवादीमा राजिनामा सहित पार्टी परित्याग गरेका छन् ।
नेकपा एमालेलाई जुन आरोप सहित समाजवादीमा लागेका थियौं त्यही प्रबृत्ति एकीकृत समाजवादी भित्र पनि मौलाएको निष्कर्ष सहित राजिनामा दिएको एक नेताले जानकारी दिए ।
केही महिना भित्र नै समाजवादी पाटीलाई माओवादीमा मिसाउने जस्तो देखिएपछि हामी भाबनात्मक हिसाबले त्यो कोर्ष करेक्सन गर्न चाहन्थ्यो । लगभग त्यो सम्भावना टरेपछि राजिनामा दिन बाध्य भएको काठमाडौ जिल्ला उपाध्यक्ष बटुककृष्ण थापा बताए ।
पार्टी परित्याग गर्नेहरुमा काठमाडौ जिल्ला कमिटीका उपाध्यक्ष बटुकृष्ण थापा, सचिव धुर्वराज न्यौपाने, काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्ष गृश्मकृष्ण महर्जन, जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटा, बुढानिलकण्ठ नगर कमिटी उपाध्यक्ष बिष्णु भट्टराई, सचिव बिमल लामा छन् ।
त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ९ का संयोजक तोरण थापा, चन्द्रागिरि नगर अध्यक्ष प्रदिप रिजाल, काठमाडौं क्षेत्र नम्बर १० ख को प्रदेश संयोजक तथा जिल्ला सदस्य राजाराम कार्की रहेका छन् ।
त्यस्तै, जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बुढानिलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ, भानु रिजाल, केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने, दिपेश थापा, कृष्णहरी खड्का, कीर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा, महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापा, एकीकृत समाजवादी शिक्षक संगठन काठमाडौंका अध्यक्ष इन्द्रप्रसाद सिम्खडा लगायतले राजिनामा दिएका छन् ।

Scroll to Top