पोखरामा अविरल वर्षाका कारण पहिरो जाँदा एकैपरिवारका ७ जनाको मृत्यु

काठमाडौं । पोखरामा अविरल वर्षाका कारण पहिरो जाँदा एकैपरिवारका ७ जनाको मृत्यु भएको छ । पोखराको पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

Scroll to Top