प्राथमिक अस्पताल थानकोटमा आजदेखि बिहान ८ बजेदेखि बहिरंग सेवा सुरु

काठमाण्डौं । चन्द्रागिरि नगरपालिका वडा नं ४ स्थित प्राथमिक अस्पताल थानकोटमा आजदेखि बिहान ८ बजेदेखि बहिरंग सेवा सुरु भएको छ ।
यस अघि बिहान १० बजेदेखि सञ्चालन हुने गरेको यो सेवा आजदेखि भने २ घण्टा अगाडि नै सुरु भएको छ ।
अस्पतालको यो सुविधा प्रति जनसमुदायले अत्यन्तै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् । आज पहिलो दिन विहान ८ बजे देखि १० बजे भित्रमा करिब ४० जना विरामीले बहिरंग सेवा मार्फत सुविधा लिएको अस्पताल स्रोतले जनाएको छ । यसो हुनाले बिहान १० बजे भित्र कार्यालय पुग्नु पर्ने कर्मचारी, अन्यत्र प्रेषण लिएर जानु पर्ने बिरामी लगायत बिहान खालिपेटमा रगत परीक्षण गर्नु पर्ने विरामीहरु बढी लाभान्वित हुने अस्पतालले जनाएको छ ।

Scroll to Top