काठमाडौं । नेपाल काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
भुटानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटमा दुवै टिमले १–१ गोल गरेपछि थपिएको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
पेनाल्टी सुटआउटमा नेपाल ४–१ ले विजयी भयो ।