मौसम पूर्वानुमान : पाँच प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरी 

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गण्डकी, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा  हुरीको पनि सम्भावना रहेको छ ।

आज रात देशभर साधारणतया बदली रहने छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । 

Scroll to Top