राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेती पक्राउ 

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । 

महाराजगञ्ज प्रहरीले बुधबार काठमाडौंको बालाजुबाट उप्रेतीलाई पक्राउ गरेको हो । उप्रेती आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका सञ्चालक  समेत हुनुहुन्छ । उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषणा गरिएको थियो ।

समस्याग्रस्त सहकारीको छानबिन गर्न बनेको संसदीय समितिलाई दिइएको २० वटा समस्याग्रस्त सहकारीको सूचीमा सो सहकारी पनि समावेश थियो । उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो

Scroll to Top