विभिन्न वडा र पूर्व सुरक्षाकर्मी परिषदद्वारा विष्णुदेवी मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौं । चन्द्रागिरिस्थित ऐतिहासिक महत्वको विष्णुदेवी मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको छ ।

पूर्व सुरक्षाकर्मी चन्द्रागिरि नगर परिषद् तथा वडा नं. ९, १०, ११, १४ र १५ को संयुक्त आयोजनामा आज बिहान भएको उक्त सरसफाइ कार्यक्रममा बृहत जनसहभागिता रहेको पूर्व सुरक्षाकर्मी चन्द्रागिरि नगर परिषद्का अध्यक्ष विक्रम पाण्डे क्षेत्रीले शोणितपुर खबरलाई जानकारी दिए ।

श्रावण २१ गते सोमबारदेखि प्रारम्भ हुने शिव पुराण महायज्ञलाई लक्षित गरी गरिएको सरसफाई कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

पवित्र भूमि विष्णुदेवी मन्दिरमा यही श्रावण २२ गतेदेखि ३० गतेसम्म शिवपुराण ज्ञान महायज्ञको आयोजना हुँदैछ ।

Scroll to Top