नारायणगढ मुग्लिन सडक खण्डको सत्रकिलोमा बस पल्टिँदा २५ जना घाइते 

भरतपुर महानगरपालिका वडा नं.२९ को सत्रकिलोस्थित नारायणगढ मुग्लिन सडकमा बस पल्टिँदा चितवनका दुई जनासहित २५ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनाको भरतपुर अस्पतालमा, आठ जना पुरानो मेडिकल कलेजमा र आठ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रौतहट जिल्ला गढीमाई नगरपालिका ६ बस्ने वर्ष ४८ का शैलेन्द्र यादव र उनकी छोरी वर्ष १८ की अर्चना गम्भीर घाइते भएका हुन्। उनीहरूको चितवन मेगिकल कलेजमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको यात्रु बस गुडिरहेको अवस्थामा सडकमाथिबाट ढुङ्गा खसेपछि बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो।

सडकमाथिबाट ढुङ्गा खसेपछि चालक आत्तिएर बस नियन्त्रणभन्दा बाहिर जाँदा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।

Scroll to Top