साफ यु–२० च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । आज साफ यु–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।

खेल दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । सेमिफाइनलमा नेपाल भुटानलाई हराएर फाइनलमा पुगेको हो भने बंगलादेशले भारतलाई पराजित गरेको थियो ।

नेपाल तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ ।

यही भदौ २ गते सुरु भएको प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देश सहभागी भए ।

समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका थिए ।

Scroll to Top