साफ यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अगस्त १८ देखि २८ तारिखसम्म काठमाडौंमा आयोजना हुने

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अगस्त १८ देखि २८ तारिख (भाद्र २ देखि १२ गते) सम्म नेपालमा हुन गइरहेको छ । यस प्रतियोगितामा गत संस्करणको उपविजेता पाकिस्तानले भने नखेल्ने भएको छ । पाकिस्तानले पहिला खेल्ने भने पनि पछि नाम फिर्ता लिएको दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले जानकारी दिएको छ ।
पाकिस्तान प्रतियोगितामा भाग नलिने भएपछि खेलतालिकामा पनि परिवर्तन गरिएकोले अगस्त १६ देखि सुरु हुने प्रतियोगिता अगस्त १८ देखि मात्र सुरु हुने भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंका नै भिड्ने छन् । यसअघि समूह ए मै रहेको पाकिस्तानले नाम फिर्ता लिएपछि अब समूह ए मा नेपालसहित श्रीलंका र बंगलादेश रहेका छन् । समूह बी मा भने भारतसँगै माल्दिभ्स र भुटान रहेका छन् ।
दुवै समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
फाइनल खेल अगस्त २८ अर्थात भाद्र १२ गते बुधबार हुनेछ ।

Scroll to Top