ॐ समाज डेन्टल हस्पिटलले केन्द्रीय कारागारमा साउन १९ गते निःशुल्क दन्त शिविर आयोजना गर्दै

काठमाडौं । ॐ समाज डेण्टल हस्पिटलले केन्द्रीय कारागार काठमाडौंमा साउन १९ गते निःशुल्क दन्त शिविर गर्ने भएको छ ।
हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय कारागार काठमाण्डौमा यही साउन १९ गते निःशुल्क दन्त शिविर  आयोजना गर्न लागेको डा. सुभाष घिरिेले शोणितपुर खबरलाई जानकारी दिए ।

कुनै पनि व्यक्ति उपचारबाट बन्चित हुन् नपरोस भने उद्देश्यले कैदीहरुका लागि हस्पिटलले उक्त शिविर सञ्चालन गर्न लागेको तथा शिविरमा दन्त रोग विशेषज्ञ डक्टरहरुको टिमबाट निःशुल्क दन्त चेक जाँच तथा परामर्श, दाँत सफा गर्ने, दाँत निकाल्ने, आवश्यक्ता अनुसार निःशुल्क औषधि वितरण र दाँत तथा मुख सम्बन्धी परामर्श हुने डा. घिमिरेले बताए ।

साथै शिविरमा कुनै समस्या भएर हस्पिटल आउनु परेमा थप उपचारमा  २० प्रतिशत छुटको व्यवस्था समेत रहेको छ ।

शरीर स्वस्थ राख्न मुख स्वस्थ हुन् आवश्य छ मुख स्वस्थ भयो भने शरीर आफै स्वस्थ हुन्छ भन्दै सबैको पहुँचमा दन्त उपचार सहज बनाउदै  हस्पिटलले उपत्यका भित्र बाहिर निःशुल्क शिविर सञ्चालन गर्दै आइरहेको छ ।

Scroll to Top