अर्थतन्त्रको बाह्य क्षेत्रमा निरन्तर सुधार, रेमिट्यान्समा ऐतिहासिक वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिथि अनुसार अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको छ ।

गत वर्ष साउन मसान्तमा ९ अर्ब ४२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति २५.७९ प्रतिशतले बढेर चालू आर्थिक वर्षको साउन मसान्तमा ११ अर्ब ८५ करोड डलर पुगेको छ ।

यस्तै, साउन महिनामा देशबाट बाहिरिने भन्दा भित्रीने विदेशी मुद्रा ३२ अर्ब ९० करोड रुपैयाँले बढेको छ ।

रेमिट्यान्स आप्रवाहमा भएको ऐतिहासिक वृद्धीले विदेशी मुद्राको सञ्चिति बढ्नुको साथैं शोधनान्तर स्थिति बचतमा गएको छ ।
राष्ट्र बैंकका अनुसार गत साउनको तुलनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.८ प्रतिशत र अमेरिकी डलरमा २१.५ प्रतिशतले बढेको छ ।

आयात १.६ प्रतिशतले घटेको समयमा रेमिट्यान्य आप्रवाहमा अहिलेसम्मकै उच्च वृद्धी हुँदा अर्थतन्त्रको बाह्य क्षेत्र सुधारमा गएको हो ।

साउन महिनामा १ खर्ब १६ अर्ब २ करोड रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ र अमेरिकी डलरमा ७२ करोड ४० लाख डलर आएको थियो । गत वर्ष नेपाली मुद्रामा २०.३ प्रतिशतले बढेको रेमिट्यान्स अमेरिकी डलरमा १२.५ प्रतिशतले थियो ।

चालू आर्थिक वर्षको साउन महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ७ करोड ९ लाख डलर पुगेको हो ।

Scroll to Top