क्वाटर फाइनल खेलहरु सम्पन्न

काठमाडौँ ।
प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा आज क्वाटर फाइनल खेलहरु सम्पन्न भएका छन् । आजको खेलमा नेपाल पुलीस स्कुल साँगाले नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) लाई १-० गोल अन्तरले पराजित गरेको छ । जसमा नेपाल पुलिस स्कुलको तर्फबाट प्रशान्त मोक्तानले गोल गरेका थिए ।
त्यसैगरी आज भएको दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालय सल्लाघारीले लेबोरेटरी माध्यामिक विद्यालय कीर्तिपुरलाई ७-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । जसमा सैनिक आवासिय महाविद्यालय तर्फबाट डिग विजय शाही ३, रोहित श्रेष्ठ ३, सन्दिप शर्माले १ गोल गरेका थिए भने १ गोल आत्मघाती भएको थियो ।
नेपाल एपीएफ स्कुल कीर्तिपुर (९क) र नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटीविच भएको तेस्रो क्वाटर फाईनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) ६-० फराकिलो गोल अन्तरले विजयी भएको छ । जसमा नेपाल एपीएफ स्कुलको तर्फबाट तेन्जिङ्ग शेर्पा, विवेक पश्चिमा थारु र रोहित गोलेले २-२ गोल गरेका थिए ।
आज भएको खेलहरुमा नेपाल पुलीस स्कुल सँगा, सैनिक आवासीय महाविद्यालय सल्लाघारी र नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) का खेलाडीहरु निश्चल मगर, रोहित श्रेष्ठ, दिपेश गुरुङ्गलाई म्यान अफ द म्याच घोषित भएका छन् । घोषित खेलाडीहरुलाई विद्यालय प्रधानाचार्य युवराज पराजुली, समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाई र अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक राजकुमार प्याकुरेलले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।
फागुन ५ गते हुने सेमीफाइनल खेलहरुमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) विरुद्ध मनकामना सेकेण्डरी स्कुल जोरपाटी र नेपाल पुलीस स्कुल साँगा विरुद्ध सैनिक आवासीय महाविद्यालय सल्लाघारी बीच हुनेछ ।

Scroll to Top