चन्द्रागिरि नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता हुँदै

काठमाडौं ।
चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा वडास्तरीय चित्रकला प्रतियोगिता आयोजना हुँदैछ ।
चन्द्रागिरि १५ मा रहेको वडा अध्यक्ष शैक्षिक विकास कोषद्धारा आयोजना हुन गइरहेको चित्रकला प्रतियोगिता फागुन ७ गते हुन गइरहेको छ ।
चित्रकला प्रतियोगिता चन्द्रागिरिमा रहेको विष्णुदेवी माविको भवनमा आयोजना हुने छ ।
प्रतियोगिता विभिन्न विधामा हुने छ । जसमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुले आफूलाई मन पर्ने चित्र बनाउन पाउने छन् भने कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरुले समाज र संस्कृति झल्कने चित्र बनाउनुपर्ने छ ।
त्यस्तै कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले जलवायु परिवर्तनको असर झल्कने चित्र बनाउनुपर्ने छ ।
चित्रकला प्रतियोगितामा हरेक समुहलाई समुहमा प्रथम हुनेलाई २ हजार, दोस्रो हुनेलाई १५ सय र तेस्रो हुनेलाई १ हजार नगर र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै चन्द्रागिरि नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुन गइरहेको छ । वक्तृत्वकलाको विषय ‘विद्यार्थीले बुझेको नेपाली समाज र भविष्य’ विषयमा वक्तृत्व दिनुपर्ने छ ।
चन्द्रागिरि नगरभित्रको कक्षा ८ देखि १० सम्मका नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत हुनुपर्ने छ । फागुन १२ गते शनिबार बिहान ११ बजेदेखि सुरु हुने वक्तृत्वकला प्रतियोगिता मुनाल क्लबको प्रांगणमा आयोजना हुनेछ ।
७ मिनेटको समय दिइएको सो प्रतियोगितामा प्रमुख अतिथिको रुपमा चन्द्रागिरि ७ निवासी शिक्षाविद् तथा समाजसेवी सुरेन्द्र खड्काको प्रमुख अतिथिमा आयोजना हुने शैक्षिक विकास कोषका अध्यक्ष मोहन हरि आचार्यले जानकारी दिए ।
प्रतियोगितामा भाग लिनको लागि इच्छुक विद्यार्थीहरुले आफू अध्ययन गरिरहेको विद्यालयबाट निर्धारित ढाँचाको फारम भरी विद्यालयबाट प्रमाणित गराई तिनथाना खानेपानी कार्यालयमा निर्धारित समयमा बुझाउनुपर्ने छ ।
प्रतियोगितामा प्रथम हुने विद्यार्थीहरुले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुने विद्यार्थीले ५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै सान्त्वना पुरस्कार दुई जना विद्यार्थीहरुलाई १५-१५ सय र प्रमाणपत्र वितरण गरिने शैक्षिक विकास कोषका सचिव लालबहादुर जिसिले बताए ।

Scroll to Top