जाजरकोट भूकम्पमा मृत्युहुनेको संख्या १०० बढी , सयौं घाइते [भूकम्प अपडेट]

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा १२८ जनाको ज्यान गएको पुष्टि भएको छ। भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा धेरैं क्षति पुगेको छ । जाजरकोटमा विमानस्थल पनि नभएको र सडक पनि अवरुद्ध भकाले उद्धारमा कठिनाइ भएको छ । सरकारले नेपाल एयरलाइन्सलाई रुकुम पश्चिम केन्द्रित उडान गर्न निर्देशन दिएको छ ।

प्राप्त विवरणअनुसार भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको  मृत्यु भएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा बढी क्षति भएको विवरणहरू आइरहेका छन् । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ।

खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लागेको उनले बताबए । उद्धारका लागि सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको छ ।

Scroll to Top