नागढुंगा सुरुङ मार्गमा फेरि स्थानीयद्धारा विरोध

काठमाडौं ।
निर्माणाधीन नागढुंगा सुरूङ अब ५० मिटर खन्न बाँकी छ । तर अहिले फेरि स्थानीयद्धारा नागढुंगा सुरुग मार्गमा आफ्नो माग सम्बोधन नभएको भन्दै फेरि सुरूङ खन्ने काम रोकेका छन् ।
नागढुंगा सिस्नेखोला सुरुग मार्ग निर्माण आयोजनाद्धारा प्रभावित स्थानीयबासिहरुद्धारा विरोध कार्यक्रम गरिरहेका छन् ।
नागढुंगा सिस्नेखोला सुरूङ मार्ग प्रभावित खानेपानी उपभोक्ता समितिले गरिरहेको विरोध कार्यक्रममा प्रभावित क्षेत्र घोषणा, प्रयाप्त खानेपानीको व्यवस्था, खेतीयोग्य जमिनमा सिचाईको व्यवस्था, चर्केको घरहरुको क्षतिपूर्तिको व्यवस्था, सुरूङमाथिको जमिनको उचित सम्बोधान लगायतका माग राखी केही दिनअघिदेखि विरोध प्रदर्शचन गर्दै आएका छन् । जसले गर्दा सुरूङ मार्गको काम पुरै प्रभावित बनेको छ ।
यसअघि सुरूङ निर्माणमा पटक–पटक भौगर्भिक समस्या देखिएका कारण पनि निर्माणमा ढिलाई भएको आयोजनाले बताएको छ । निर्माणका क्रममा सुरूङभित्र डिफर्मेसन (पहिरो जाने) समस्या देखिएको थियो । बीचमा केही विवादका कारण पनि निर्माणमा अवरोध पुगेको थियो ।
स्थानीय विवादका कारण करिब ८ दिन निर्माणको काम अबरूद्ध बनेको थियो । सुरुङमार्गको पूर्वी पोर्टलको ८३ मिटरमाथि खाडल परेको र आयोजना स्थल नजिकै ११ वटा घरहरू चर्किएका कारण विवाद आएको थियो ।
त्यस्तै, आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल सुल्झाउने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको थियो । मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरेर समस्या समाधान गर्ने निर्णय भएको थियो । तर अहिलेसम्म पनि मुआब्जा नपाएको स्थानीयको गुनासो छ ।

Scroll to Top