नागढुङ्गा सुरुङ्गमार्ग पीडितहरुद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

थानकोट । सिस्नेरी – नागढुङ्गा सुरुङ्गमार्ग पीडितहरुद्वारा प्रधानमन्त्री पुष्प कमल दाहाल ( प्रचण्ड ) लाई भेटेर पूर्व सहमति अनुसार स्थानिय समस्याहरु आयोजनाले सम्बोधन नगरेको विषयमा ध्यानाकर्षण गराएका छन् !

“सिस्नेखोला – नागढुङ्गा सुरुङ्गमार्ग प्रभावित खानेपानी उपभोक्ता समिति”का अध्यक्ष गोपी सुर्खेतीले आयोजनाले तयार गरेको प्रतिवेदनमा उल्लेखित बुँदाहरु कार्यान्वयन गरिनुपर्ने साथै स्थानीयहरुले उठाएका मागहरुको तत्काल समाधान निकाल्नुपर्ने व्यहोराको ध्यानाकर्षण पत्र प्रधानमन्त्री समक्ष पढेर समेत सुनाएको थियो !

यस सन्दर्भमा प्रधानमन्त्रीबाट यथाशीघ्र समाधानको पहल गरिने आश्वासन दिएको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) चन्द्रागिरि नगर पार्टी कमिटी अध्यक्ष देवकृष्ण महर्जनले बताए ! पछिल्लो समय सुरुङ्गमार्ग निर्माण क्रममा स्थानियस्तरमा खानेपानीको समस्या देखा परेको, सुरुङ्गमार्ग माथिको जग्गाहरु भास्सिन थालेको, घरहरु चर्किन थालेको र खेतीयोग्य जमिनहरु सिंचाईको अभावमा बाँझो हुँदै गइरहेको लगायतका समस्याहरुलाई सम्बोधन गरिनुपर्ने माग सहित स्थानीयहरुले निरन्तर आन्दोलन गरिरहेको छ ।

Scroll to Top