पाँचौं थाहा गोल्डकप सुरु

काठमाडौं । पाँचौं थाहा गोल्डकप सुरु भएको छ । जेष्ठ १२ गते नगर प्रमुख विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यमा सुरु भएको पाँचौ थाहा गोल्डकप थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा सुरु भएको छ ।
प्रतियोगिता अन्तर्गत जेठ १३ गते आइतबार बिहान ९ बजे बिनयबाबु स्मृती बिरुद्ध सकृय युवा क्लब बिच हुने थाहा नगर खेलकुद बिकास समितिका सदस्य यादवजंग रायमाझीले जानकारी दिए ।
थाहा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा नौँ वटा टिमले सहभागिता जनाएका छन् । शिखर क्लब शिखरकोटको व्यवसथापनमा सञ्चालित गोल्ड कपको सभाध्यक्ष खेलकुद विकास समितिको संयोजक टिकाराम स्याङ्तानले गरेका थिए । ५ दिनसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
शनिबार भएको पहिलो खेलमा बागेश्वरी युवा क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै भीमफेदी विजयी भएको हो । शनिबार भएको दोस्रो खेलमा कुर्दन एकेडेमी विजयी भएको छ । कुर्दन र हिमाली डाफे एफसीविरुद्धको खेलमा दुवै टिमले निर्धारित समयमा गोलरहित भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा ९–८ को गोल अन्तरले हिमालीलाई पराजित गर्दै कुर्दनले विजयी शुरुवात गरेको हो । तेसै गरि शनिबारनै भएको तेस्रो खेलमा आयोजक थाहा नगरपालिका लाई ३(१ गोलले पराजित गर्दै चित्लाङ एफसी बिजयी भएको छ।
प्रतियोगिता अन्तर्गत जेठ १३ गते आइतबार बिहान ९ बजे बिनयबाबु स्मृती बिरुद्ध सकृय युवा क्लब बिच हुने थाहा नगर खेलकुद बिकास समितिका सदस्य यादवजंग रायमाझीले जानकारी दिए ।

Scroll to Top