पालुङ प्राधिकरणको अभियान ४ सय ५४ लाईन काटियो, विद्युत चोरीबाट १ लाख ४३ हजार जरिवाना अशुल

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले चुहावट नियन्त्रण अभियान शुरु गरे सँगै डाईरेक्ट हुकिङ्ग गरी र मिटर वाईपास गरि विद्युत चुहावट गर्ने ग्राहक तथा उपभोक्ताहरुको पहिचान गरि धमाधम कार्बाही गर्न थालेको छ ।

प्राधिकरणले मिटरको छड्के निरिक्षण तथा रिसिलिङ्ग अभियान शुरु गरे सँगै विद्युत चुहावट फेला परेको हो । वितरण केन्द्रले माघ महिनामा संचालन गरेको उक्त अभियानका क्रममा ८ जना ग्राहकले विद्युत चुहावट गरेको फेला परेको हो ।

उक्त ग्राहकहरुबाट चुहावटका कारण क्षतीपुर्ती वापत १ लाख ४३ हजार जरिवाना अशुल गरेको पालुङ प्राधिकरणका प्रमुख माधब न्यौपानेले बताए । अभियानका क्रममा बढी विद्युतशक्ती खपत गर्ने ग्राहक तथा उपभोक्ताहरुको छड्के गरिएको र रिसिलिङ्ग समेत गरिएको थियो ।

रिसिलिङ्ग र चुहावट नियन्त्रण अभियान निरन्तर संचालन भईरहे सँगै पालुङ प्राधिकरणले चालु आ.ब.को माघ सम्म विद्युत महशुल नबुझाउने ४ सय ५४ ग्राहकको लाईन काटिसकको पनि प्रमुख न्यौपानेले बताए ।

लाईन काटिएका ग्राहकको ८० लाख ४४ हजार बक्यौता रहेको र जस मध्ये ३ सय ७१ ग्राहकले बक्यौता तिरि लाईन जोडाई सकेका छन् । लाईन काटिएका ग्राहकबाट ७८ लाख ७७ हजार अशुल भएको पनि प्रमुख न्यौपानेले बताए ।

Scroll to Top