महांकाल हलमा प्याराफिट उद्घाटन

काठमाडौं ।
महांकाल ब्याडमिन्टन कभर्ड हलमा आज एक कार्यक्रमकाबीच प्याराफिट उद्घाटन भएको छ ।
चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले उद्घाटन गरेको सो प्याराफिट चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको हो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा रहेको महांकाल ब्याडमिन्टन कभर्ड हलमा भइरहेको १३ औं पुष्पलाल स्मृति राष्ट्रिय –याङ्किग ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन समारोहकाबीच सो प्याराफिट पनि उद्घाटन गरिएको आयोजकले जानकारी दिए ।


प्याराफिट उद्घाटन गर्दै नगर प्रमुख गिरीले महांकाल ब्याडमिन्टन कभर्ड हलमा यस प्रकारको राष्ट्रिस्तरको खेल सुभारत्भ हुन गइरहेको छ, यसले चन्द्रागिरि नगरपालिकाको विभिन्न क्षेत्रको दृष्टिकोणबाट सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्रको रुपमा लैजाने जुन उद्देश्य छ, त्यसमा खेलकुद क्षेत्रमा पनि विकास हुन गइरहेका छ । यसमा साथ दिने महांकाल ब्याडमिन्टन कभर्ड हललाई राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरि नगरमा गराई चन्द्रागिरि नगरको देशैभरि परिचित गराउन सहयोग पुराएकोमा धन्यवाद दिनुभयो ।
साथै चन्द्रागिरि नगरमा यस्तो राष्ट्रिस्तरको खेल ल्याएकोमा आयोजक टिमलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो ।


यस हल बनाउन सहयोग गर्नुहुने प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न संघसंस्थाहरुलाई, खेलप्रेमीहरुलाई चन्द्रागिरि नगरपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्नुभयो । यस महांकाल हलमा प्याराफिट बनाउन सहयोग र साथ रहँदै आउने छ र हलको उत्तरपट्टि पनि विशिष्ट पाउनाहरु बस्नलाई प्याराफिट आवश्यक देखिएकोले तत्कालै त्यसमा पनि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Scroll to Top