रिगललाई दिएको सजाय छुट सर्वोच्चद्वारा बदर

काठमाडौँ – चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको सजाय छुट सर्वोच्च अदालतले बदर गरेको छ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सजाय छुट सर्वोच्चले बदर गरिदिएको हो।न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उक्त फैसला सुनाएको हो।

Scroll to Top