सैनिक आवासीय माध्यमिक विद्यालय सल्लाघारीले १४–० ले विजयी

काठमाडौँ ।

प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलबार प्रिक्वाटरफाइनल खेलमा सैनिक आवासीय माध्यमिक विद्यालय सल्लाघारीले काव्या स्कुल बुद्धनगरलाई १४–० ले पराजित गरेको छ ।

सैनिक आवासीयका डिगविजय शाही एक्लैले ९ गोल गरेका थिए । दिपेश दुम्जानले २, रोहित श्रेष्ठ, समर्पण सुनार र अनुभवन पुरीले १–१ गोल गरेका थिए ।

अर्को दोस्रो खेलमा ल्याबोरेटरी मावि कीर्तिपुरले नेपालयलाई १०–० को फराकिलो अन्तरले हरायो । ल्याबका विष्णु चन्दले ३, एकराज दाहाल, रितिक फडेर र आर्यन थापाले २–२ गोल गर भने एक गोल आत्मघाती थियो ।

नेपाल एपीएफ स्कुल कीर्तिपुर ९ख० ले ब्राइट होराइजन चिल्ड्रेन्स होमलाई टाइब्रेकरमा ४–३ हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

नेपाल पुलिस स्कुल साँगाले लिटिल एन्जल्स स्कुल हात्तीबनलाई ४–२ ले पराजित गर्‍यो । पुलिसका राजु अर्जीले २, मिजेश श्रेष्ठ र प्रशान्त मोक्तानले १–१ गोल गरे । डिगविजय शाही, विष्णु चन्द, रोशन बुढा र आयुष राई आफ्नो खेलमा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बुधबार पहिलो क्वाटरफाइनल खेल हुने तालिका रहेको छ । जहाँ मनकामना सेकेण्डरी स्कुल र  जेम्स स्कुलबीच खेल हुनेछ ।

प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिम सहभागी रहेको छ ।

Scroll to Top