“केभिएस” स्कुलद्वारा विद्यार्थीहरूका लागि “टिफिन”मा “प्याकेजिङ्ग” खानेकुरा निषेध

काठमाडौँ। के.भि.एस. स्कुलले आफ्ना विद्यार्थीहरूको “टिफिन”मा प्याकेजिङ्ग खानेकुरा निषेध गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नं ७ मा रहेको काठमाडौं विद्या सदन (के.भि.एस.) स्कुलले त्यहाँ अध्ययनरत विद्यार्थीहरूका लागि “टिफिनमा” प्याकेजिङ्ग खानेकुराको पूर्णत: बन्देज लगाएको हो । उसो त सामुदायिक तथा संस्थागत सबैखाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको खाजा स्वस्थकर हुनुपर्ने र त्यसमा अभिभावक, विद्यालय एवं शिक्षक सबैको […]

ऐतिहासिक खेलमा लाओसविरुद्ध नेपालको ९ गोल, सावित्राको ह्याट्रिक

काठमाडौं : ऐतिहासिक खेलमा नेपालले  लाओसलाई पराजित गरेको छ। एएफसी एसियन कप छनोटअन्तर्गतको पहिलो खेलमा उज्वेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलमा नेपालले लाओसलाई ९-० को फराकिलो गोल अन्तरले हराएको हो। पहिलो हाफमा २-० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा ७ गोल थप्यो। लाओसले भने एक गोल पनि फर्काउन सकेन। नेपालले एसियन कप छनोट अन्तर्गतको दोस्रो खेल […]

बैंकिङ कसुर मुद्दामा फरार रामेछापको एक पुरुष पक्राउ

    -पुष्कर खड्का काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार भएका रामेछापको एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–२ का ४७ वर्षीय खड्गबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज काठमाडौँ बल्खुबाट पक्राउ गरेको छ । कार्की विरुद्ध विभिन्न प्रहरी कार्यालयमा ५ वटा वैंकिङ […]

चन्द्रागिरि हिल्सले ल्यायो श्रावण महिनाका लागि विभिन्न “अफरहरू”

काठमाडौं । चन्द्रागिरि हिल्सले श्रावण महिना अन्तर्गत प्रत्येक सोमबारका लागि विभिन्न “अफर”हरू ल्याएको छ । नेपालको दोस्रो र उपत्यका कै पहिलो केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स लिमिटेडले आउने श्रावण महिनाको प्रत्येक सोमबारका लागि विभिन्न अफरहरू घोषणा गरेको छ । विगतका वर्षहरूमा झैं यस वर्ष पनि “श्रावण सोमबार विशेष आरती २०८२ चन्द्रागिरी हिल्समा, शान्तिपूर्ण र दिव्य […]

बोसीगाउँको श्री भैरवनाथ मा.वि.का ६ जना विद्यार्थीमा ६ जना नै उत्तीर्ण

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं १० बोसीगाउँमा रहेको श्री भैरवनाथ माध्यमिक विद्यालयका ६ जना विद्यार्थीले एसईई दिएकोमा ६ जना नै उत्तीर्ण भएका छन् । यस वर्षको एसईइ परिक्षामा पहिलो ब्याच अन्तर्गत श्री भैरवनाथ माध्यामिक विद्यालयका ६ जना विद्यार्थीले परिक्षा दिएकोमा ६ जना नै उत्तीर्ण हुन सफल भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ । […]

इन्डोनेसियामाथि नेपालको ३७० रनको शानदार जित

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्‍यो । ४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्‍यो । नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए । ७ दशमलव ३ ओभर बलिङ गरेका […]

चन्द्रागिरि मसिनेमा पहिरोले कार पुरियो, यात्रु सकुशल उद्धार

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ स्थित मसिनेमा पहिरोले एक कार पुरिएको छ। शनिबार राति मसिनेबाट थानकोटतर्फ जाँदै गरेको बा.५ च ११४५ नम्बरको कार अचानक आएको पहिरोमा पुरिएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार पहिरो पन्छाएर कारलाई उद्धार गरिएको छ। कारमा सवार यात्रुहरूलाई पनि सकुशल रूपमा उद्दार गरिएको प्रहरीले जनाएको छ। हाल सडक पूर्णरूपमा सञ्चालनमा आइसकेको जनाइएको […]

एमाले-कांग्रेसका कारण मल र सिँचाइको समस्या झनै जटिल : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताएका छन् । धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालेले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । उनले सहकारीमार्फत साना किसानलाई बजारको […]

देशभर साढे १५ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सूदूरपश्चिम प्रदेशमा

काठमाडौं । यसवर्ष हाल सम्म देशभर करीब साढे १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जारी गरेको तथ्यांक अनुसार हाल सम्म देशभर १५.६ प्रतिशत रोपाइँ सकिएको छ । केन्द्रका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा हाल सम्म जम्मा २ […]