विज्ञापन

'देशभर साढे १५ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सूदूरपश्चिम प्रदेशमा'

काठमाडौं । यसवर्ष हाल सम्म देशभर करीब साढे १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

विज्ञापन

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जारी गरेको तथ्यांक अनुसार हाल सम्म देशभर १५.६ प्रतिशत रोपाइँ सकिएको छ । केन्द्रका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा हाल सम्म जम्मा २ लाख १७ हजार २८९ हेक्टर जमिनमा रोपाइँ सकिएको हो ।

विज्ञापन

गतवर्षको तुलनामा भने यसवर्ष हाल सम्म १.६ प्रतिशत रोपाइँ कम भएको छ । प्रदेशगत हिसाबले सूदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ४५.५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । गत वर्ष यस अवधि सम्म सूदूरपश्चिममा ४० प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो । सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म ८० हजार १२८ हेक्टरमा रोपाइँ सकिएको हो ।

कर्णाली प्रदेशमा हाल सम्म ३९.१ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४० हजार ८८४ हेक्टरु जमिनमा धान खेती गरिन्छ । त्यस मध्ये हाल सम्म करीब १६ हजार हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यस अवधि सम्म भने यस प्रदेशमा हाल सम्म करीब २४ प्रतिशत रोपाइँ सकिएको थियो । लुम्बीनी प्रदेशमा हाल सम्म ९.७ प्रतिशत धान रोपाइँ भएको छ ।

गत वर्ष यस अवधि सम्म लुम्बीनीमा १८.५ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । गण्डकी प्रदेशमा हाल सम्म १३.८ प्रतिशत धान रोपाइँ भएको केन्द्रले जनाएको छ ।

गत वर्ष यस अवधि सम्म यस प्रदेशमा १२.४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो । यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ । बागमती प्रदेशमा हाल सम्म २०.५ प्रतिशत धान रोपाइँ भएको छ ।

गत वर्ष यस अवधि सम्म यहाँ करीब साढे १९ प्रतिशत रोपाइँ भएको थियो । यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको केन्द्रले जनाएको छ ।

मधेश प्रदेशमा हाल सम्म सबैभन्दा कम ३.९ प्रतिशत धान रोपाइँ भएको छ । यद्यपी, सप्तरी, रौतहट र महोत्तरी जिल्लाको धान रोपाइँको तथ्यांक हाल सम्म उपलब्ध नभएकाले यसमा समावेश नभएको केन्द्रले जनाएको छ ।

यस प्रदेशमा कुल ३ लाख ८० हजार हेक्टर जमिनमा धानखेती हुनेगरेको छ । कोशी प्रदेशमा हाल सम्म १४.३ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । यहाँ गतवर्ष यस अवधि सम्म १३.७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश