संसदीय सुनुवाई समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध चयन

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली काँग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो ।
बन्द गरिएका २६ मध्ये ८ सामाजिक सञ्जालका सञ्चालक कम्पनी सरकारको सम्पर्कमा

काठमाडौँ । सरकारले बन्द गरेका २६ वटामध्ये आठ वटा सामाजिक सञ्जाल सरकारको सम्पर्कमा आएका छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेकामध्ये सो बराबरका सामाजिक सञ्चालका सञ्चालकहरू सम्पर्कमा आएका हुन् । नेपालका लागि केन्द्रित गरेर सञ्चालन गरेको हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया […]
एमालेकाे पार्टी सदस्य संख्या ६ लाख ६३ हजार

काठमाडौँ । नेकपा एमालेले पार्टी सदस्य सङ्ख्या सार्वजनिक गरेको छ । शुक्रबार दोस्रो विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले पेस गरेको सांगठानिक प्रतिवेदनमा २०८२ सालमा नवीकृत पार्टी सदस्यको कुल विवरण सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्क अनुसार एमालेका पार्टी सदस्य सङ्ख्या ६ लाख ६२ हजार ९६१ रहेका छन् । सार्वजनिक प्रतिवेदनमा कुल सदस्यमध्ये पुरुष सदस्यको सङ्ख्या […]
तस्बिरमा हेर्नुहोस् एमालेको विधान महाधिवेशन

काठमाडौँ- नेकपा एमालेको विधान महाधिवेशन सुरू भएको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उदघाटन गरेका छन् ।
चन्द्रागिरी नगरबाट १३ हजार घुससहित पक्राउ परेका नापी कार्यालय कलंकीका कार्यालय सहयोगीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी कार्यालयका सहयोगी एकेन्द्र कुँवरविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। साउन २६ गते १३ हजार घुसहित पक्राउ परेका कुँवरलाई शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनलाई चन्द्रागिरी नगरपालिका- १३ मा रहेको जग्गा नयाँ पुर्जा बनाउने प्रयोजनका लागि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले […]