विज्ञापन
No data was found

'चन्द्रागिरी नगरबाट १३ हजार घुससहित पक्राउ परेका नापी कार्यालय कलंकीका कार्यालय सहयोगीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता'

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी कार्यालयका सहयोगी एकेन्द्र कुँवरविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

विज्ञापन

साउन २६ गते १३ हजार घुसहित पक्राउ परेका कुँवरलाई शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

विज्ञापन

उनलाई चन्द्रागिरी नगरपालिका- १३ मा रहेको जग्गा नयाँ पुर्जा बनाउने प्रयोजनका लागि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार  कुँवर नापी कार्यालय कलंकी, ३ नापी टोली, पुरानो नैकापमा करारमा कार्यरत कार्यालय सहयोगी हुन्।

उनीविरूद्ध अख्तियारले १३ हजार बिगो माग दाबी गरेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌