नवनिर्वाचित सांसदहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रतिनिधि सभामा निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीबार दिउँसो सांसदहरूलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन् । बुधवार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराएका हुन् ।
थानकोटमा बस्दै आएकी १५ वर्षीय सपना तामाङ तीन दिनदेखि बेपत्ता

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं ३ स्थित गणेश स्थानमा बस्दै आएकी १५ वर्षीय सपना तामाङ तीन दिनदेखि सम्पर्क विहिन भएकी छिन् । ललितपुर जिल्लाको लेले नल्डु स्थायी घर भइ हाल चन्द्रागिरि नगरपालिकाको वडा नं ३ गणेश स्थानमा बस्दै आएकी १५ वर्षीय सपना तामाङ चैत्र १० गते मङ्गलबारको दिनदेखि बस्दै आएको कोठाबाट सम्पर्क विहिन भएकी […]
आज चैते दशैं पर्व मनाइँदै, के छ यसको महत्व ?

काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं […]