काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं ३ स्थित गणेश स्थानमा बस्दै आएकी १५ वर्षीय सपना तामाङ तीन दिनदेखि सम्पर्क विहिन भएकी छिन् ।
विज्ञापन
ललितपुर जिल्लाको लेले नल्डु स्थायी घर भइ हाल चन्द्रागिरि नगरपालिकाको वडा नं ३ गणेश स्थानमा बस्दै आएकी १५ वर्षीय सपना तामाङ चैत्र १० गते मङ्गलबारको दिनदेखि बस्दै आएको कोठाबाट सम्पर्क विहिन भएकी हुन् ।
विज्ञापन
बेपत्ता बालिकाकी दिदी कुमारी तामाङका अनुसार सपना तामाङ आफुसँग बस्दै आएकोमा अकस्मात चैत्र १० गते दिउँसो १२ बजेदेखि हराइरहेको हुँदा कसैले फेला पार्नु भएमा प्रहरी वृत्त थानकोट वा ९७६१४४८४८९ मा सम्पर्क गरिदिनुहुन अनुरोध गरेकी छिन् ।