पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सीआईबी प्रमुख एआईजी मानेज केसीका अनुसार खड्कालाई आइतबार बिहान महाराजगञ्ज क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा ‘पैसा उडेको’ भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही प्रकरणसँग जोडिएका पक्षहरूसमेत अनुसन्धानको दायरामा रहेको बताइएको छ ।

चन्द्रागिरिका राजन श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको कोषाध्यक्षमा विजयी

काठमाडाैं । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको १४ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । समितिको १४ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा अमर श्रेष्ठले ७ सय ३७ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी शिव ओझाले ५ सय ९७ मत प्राप्त गरेका थिए । त्यस्तै, वरिष्ठ उपाध्यमा हेमराज श्रेष्ठले ७ सय […]