विज्ञापन
No data was found

'चन्द्रागिरिका राजन श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको कोषाध्यक्षमा विजयी'

काठमाडाैं । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको १४ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।

विज्ञापन

समितिको १४ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा अमर श्रेष्ठले ७ सय ३७ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी शिव ओझाले ५ सय ९७ मत प्राप्त गरेका थिए । त्यस्तै, वरिष्ठ उपाध्यमा हेमराज श्रेष्ठले ७ सय ३९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी राजु सत्यालले ५ सय ९३ मत प्राप्त गरेका थिए ।

विज्ञापन

त्यस्तै, चन्द्रागिरिका राजन श्रेष्ठ ७ सय ४७ मतसहित कोषाध्यक्ष पदमा विजयी भएका छन् भने उनका प्रतिस्पर्धी विरेन्द्र श्रेष्ठले ५ सय ८० मत प्राप्त गरेका थिए ।

ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड ब्याङक्वेटमा समितिका अध्यक्ष कृष्ण प्रसाद पन्तको सभापतित्व तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उट्घाटन कार्यक्रममा यातायात क्षेत्रमा आवद्ध राष्ट्रभरिका यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा समितिका अध्यक्ष पन्तले देशमा भर्खर सम्पन्न आम निर्वाचनबाट बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सरकारले यातायात क्षेत्रमा लामो समयदेखि रहिआएका समस्याहरू समाधान गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै , प्रमुख अतिथि स्वाँरले समितिमा आउने नयाँ नेतृत्वले यातायात व्यवसायीहरुको पेशागत हकहितका लागी नयाँ सरकारसँग मिलेर काम गर्न सुझाव दिए। उनले नयाँ सरकारले पहिले बनेको आयोगले यातायात सुधारको लागी दिएको प्रतिवेदन कार्यान्वयन गर्ने अपेक्षा पनि व्यक्त गरे।

चैत १३ र १४ गते दुई दिनसम्म भएको अधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिको चयन समेत गरेको छ । समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष,प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष तथा कार्यसमिति सदस्यहरू चयन गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

शोणितपुरकर्मी महतसहित वडा नं ७ का विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरू सम्मानित

पूर्वराष्ट्रपति भण्डारीद्वारा ओली–लेखक पक्राउ ‘अपरिपक्व कदम’ भन्दै निर्णय फिर्ता लिन सरकारलाई सुझाव

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

चन्द्रागिरिको ढुङ्गाअड्डामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ठूलो दुर्घटना

चन्द्रागिरि कला समूहद्वारा वडा नं ७ का विभिन्न विधा, क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रीमण्डल गठन, सपथग्रहण सम्पन्न