रास्वपाका सभापति लामिछानेले विगतमा राजनीतिक नियुक्ति पाएकाहरलाई राजीनामा दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा राजनीतिक नियुक्ति पाएकाहरलाई राजीनामा दिन आग्रह गरेका छन् । बिहीबार संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानले यस अघिका सरकारबाट राजनीतिक नियुक्ति लिएकाहरुले राजीनामा दिएर मार्ग प्रशस्त गर्न र रास्वपाको सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र […]

एसइई परीक्षा आजदेखि सुरु

काठमाडाैं । यसवर्षको माध्यमिक शिक्षा (एसइई)  परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारी अनुसार आजदेखि जापानको एउटा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ एसइई परिक्षा सुरु हुँदैछ । चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा […]