कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन  गर्ने भएको छ । दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जानकारी गराएको छ । कार्यतालिकाअनुसार १० वैशाख दिउँसो १ बजे मतदाता नामावली प्रकाशन र उम्मेदवारहरूको अन्तिम नामावली ११ वैशाख दिउँसो साढे ३ बजे सार्वजनिक गरिने जनाइएको छ ।

शैक्षिक संस्थाहरूमा विद्यार्थी र कर्मचारी संगठन हटाउने निर्णय कार्यान्वयन गर्नू : बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न विश्वविद्यालय र प्रतिष्ठानका उपलकुलपतिहरुलाई निर्देशन दिएका छन् । उनले विश्वविद्यालय र प्रतिष्ठानहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउन उपकुलपतिहरुलाई सोमबार निर्देशन दिएका […]

भूपदेव शाह बने रास्वपाको महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतीमा जारी केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै, सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्य बनाइएको छ ।