विज्ञापन

'समाजसेवी ईश्वर लामाको प्रायोजनमा चन्द्रागिरि ई–स्पोर्ट्स च्याम्पियनसिप हुँदै'

काठमाडौं । युवा व्यवसायी तथा समाजसेवी ईश्वर लामाको प्रायोजनमा चन्द्रागिरिमा ‘चन्द्रागिरि च्याम्पियनसिप ई–स्पोर्ट्स ल्यान प्रतियोगिता’ आयोजना हुने भएको छ। प्रतियोगिता नेपालभरिका खेलाडी तथा टोलीका लागि खुला गरिएको छ।

विज्ञापन

चन्द्रागिरि ई–स्पोर्ट्सको आयोजनामा हुने प्रतियोगितामा Mobile Legends, Free Fire र eFootball लगायतका ई–स्पोर्ट्स खेलमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिताको औपचारिक जानकारी सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलनसमेत आयोजना हुने भएको छ।

विज्ञापन

ई–स्पोर्ट्स संस्कृतिको प्रवर्द्धन, युवाको सहभागिता बढाउने तथा नेपाली गेमिङ क्षेत्रमा उदाउँदै गरेका प्रतिभालाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार Mobile Legends र Free Fire विधामा समान ६० हजार रुपैयाँको पुरस्कार राशि राखिएको छ। यी दुवै विधामा सहभागिता शुल्क ७७७ रुपैयाँ तोकिएको छ। त्यस्तै, eFootball विधातर्फ ३० हजार रुपैयाँ पुरस्कार राशि र ३३३ रुपैयाँ सहभागिता शुल्क निर्धारण गरिएको छ।

प्रतियोगिता २०८३ कात्तिक १५ देखि २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। सीमित स्थान रहेकाले इच्छुक खेलाडी तथा टोलीलाई समयमै दर्ता गर्न आयोजकले आग्रह गरेको छ।

प्रतियोगिताको सञ्चालन प्रक्रिया, खेल विधा, दर्ता, पुरस्कार तथा अन्य तयारीबारे सोमबार हुने पत्रकार सम्मेलनमा विस्तृत जानकारी सार्वजनिक गरिनेछ। पत्रकार सम्मेलन २०८३ कात्तिक १६ गते बिहान ८:३० बजे काठमाडौंको थानकोटस्थित ड्रीम ब्याङ्क्वेटमा हुनेछ।

चन्द्रागिरि स्पोर्ट्सका अध्यक्ष कृष्ण पराजुलीले प्रतियोगिताबारे समाचार सम्प्रेषण तथा प्रचारप्रसारमा सहयोग गर्न सञ्चारमाध्यम तथा पत्रकारलाई पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रह गरेका छन्।

प्रतियोगिताले चन्द्रागिरिमा ई–स्पोर्ट्स गतिविधिलाई विस्तार गर्नुका साथै युवालाई डिजिटल खेलकुदमा प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र नेपाली गेमिङ क्षेत्रमा उदाउँदै गरेका प्रतिभालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरिमा ‘चन्द्रागिरि नगर कप’ ब्याडमिन्टन प्रतियोगिता हुँदै

थानकोट वृत्त प्रमुख डीएसपी दिपकबहादुर केसी “बेस्ट पुलिस अफ द मन्थ”बाट सम्मानित

३ लाख घुस लिएको आरोपमा वडाध्यक्ष र मालपोत अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चन्द्रागिरि नगर कप २०८३ फुटसल प्रतियोगिता मङ्सिर १२ गते हुने

तिहारमा चन्द्रागिरि हिल्स रिसोर्टको विशेष प्याकेज, २० हजार रुपैयाँभन्दा कममै दुई जनालाई आवासदेखि मनोरञ्जनसम्म

नेपाल प्रवर्द्धनका लागि कन्टेन्ट क्रिएटरलाई स्पोन्सर्ड ट्रिपको अवसर

चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौं र चन्द्रागिरिमा भारी वर्षा

कांग्रेस काठमाडौं–१० (ख) को चियापानमा विवाद, सचिव मानन्धरले गरे बहिष्कार घोषणा