चैत २३ मा बद्री बहादुर

काठमाडौं । 

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । पटक पटक प्रदर्शन मिति सार्दै आएको निर्माण टिमले अब घोषित मितिमै फिल्म रिलिज हुने गरी आगामी चैत्र २३ गतेमा फिल्म रिलिज हुने जानकारी दिएको हो ।

पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नु होला’ लेखिएको छ । यसैले पनि यो फिल्म हास्य प्रदान रहेको बुझ्न खासै गाह्रो पर्दैन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो ।

फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् । फिल्ममा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ ।

यही फिल्मबाट एलिना गुरुङले नेपाली फिल्ममा ‘डेव्यु’ गरेकी छिन् । फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन रहको छ । यो फिल्मलाई रोहित रत्नको आरआर फिल्मसले नेपालभर प्रदर्शनको जिम्मा लिएको छ ।

फिल्ममा विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन छ । फिल्मको छायाङ्कन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।

Scroll to Top