चन्द्रागिरि हिल्सले उठाएको शुल्कको विषयलाई लिएर ४ वन समिति एकजुट

काठमाडौं । चन्द्रागिरि हिल्स फेरि विवादमा तानिएको छ । हालै मात्र चन्द्रागिरि हिल्सले सर्वसाधारण हिडेर जाने बाटोको शुल्क लिएपछि त्यसको विरोधमा स्थानीयले चर्को विरोध गरेका छन् । स्थानीय स्तरमा विवाद सिर्जना भएपछि आज सव डिभिजन वन कार्यालय थानकोटका वन अधिकृत अशोक पराजुलीको संयोजकत्वमा चन्द्रागिरि वन संरक्षण तथा विकास समितिको पदाधिकारीको बैठक बसी छलफल भएको थियो […]
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की

विराटनगर—कोशी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री राजेन्द्र कार्की पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीसहित अन्य मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । माओवादी केन्द्रबाट उनी स्वास्थ्य मन्त्री भएका हुन् । संखुवासभा घर भएका कार्की यसअघि केदार कार्की नेतृत्वको सरकार रहँदा सामाजिक विकास मन्त्री रहेका थिए । शुक्रबारै मुख्यमन्त्री […]
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ

काठमाडौं। नेपाल चिकित्सक सङ्घले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठ्ठीजार्चको बिरोध गर्दै आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ। आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने […]
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अहिलेसम्म सांसद सुनिलकुमार शर्मासहित पाँच जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद शर्मासहित पाँच जना पक्राउ परेको जानकारी दिइन्। उनका अनुसार पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी छन्। उनीहरू […]
डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद
डोटी: डोटी प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जनालाई पक्राउ गरेको छ। दिपायल सिलगढी नगरपालिका–६ अस्पताल मोडबाट डम्मर बोहराको होटलमा बसेर होहल्ला गरिरहेका ४ जनालाई बुधवार राति नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक( एसपी) शारदाप्रसाद चौधरीले बताए। राति केही मानिसहरुले मादक पदार्थ सेवन गरी हो हल्ला गर्नुका साथै बन्दुक समेत पड्काई […]
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । गत मंगलबार काठमाडौंमा पक्राउ गरी रातारात जनकपुर पुर्याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना भएका हुन् । सिरोहियाका वकिल रमन कर्णले उनको स्वास्थ्य अवस्थाबारे प्रहरीलाई शुक्रबार साँझ […]
धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

विराटनगर । धरान उपमहानगरपालिकामा खोलाबाट पाइप लगाएर सिधै ट्यांकीमा खन्याएको पानीमा मानव वा अन्य जीवजनावरको दिसामा पाइने ‘कोलिफर्म’ भेटिएको छ । धरानमा खानेपानी बोर्ड अन्तर्गत विभिन्न खोलाबाट संकलन गरी पानी वितरण भइरहेकोमा ती स्रोतका पानीको नमूना संकलन गरी परीक्षणगर्दा कोलिफर्मको मात्रा ३५ प्रतिशतसम्म भेटिएको जनाइएको छ । धरानका विभिन्न सात वटा स्थानमा रहेका पानीको स्रोतबाटै […]
आँखा पाक्ने रोग: कसरी जोगिने यसको सङ्क्रमणबाट?

काठमाडौं । अस्पतालमा आँखा पाकेर उपचार खोज्दै आउने बिरामीहरूको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ। यद्यपि यस्तो समस्या लिएर बिरामीहरू सुदूरपश्चिमदेखि पूर्वका विकट जिल्लाहरूबाट आउन थालेको करिब एक महिना भइसकेको बताउँछन् नेत्र रोग विशेषज्ञ डा. शङ्कर ठाकुर। “हामीकहाँ प्राय बालबालिका तथा अधबैँसे बिरामीहरू आएका छन्। तर यो समस्या निश्चित उमेर समूहकालाई हुन्छ भन्ने होइन। यो […]
देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरले निःशुल्क स्वास्थ्य सेवा दिने : बालेन्द्र शाह (बालेन)

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ ।महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत नेपालका जुनसुकै स्थानीय तहको भए पनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने बताएका छन् । उक्त सुविधा लिनका लागि बिरामी पक्षले आफ्नो स्थानीय तहबाट विपन्न तथा असहायको सिफारिस लिएर काठमाडौं महानगरपालिकामा जानुपर्ने […]
उदयपुर कृषि सहकारी संस्थाको आयोजनामा युवा तथा साना ब्यवसायी स्वरोजगार कोष सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

उदयपुर, भदौ १२ उदयपुर कृषि सहकारी संस्थाको आयोजनामा युबा तथा साना व्यवसायि स्वरोजगार कोष कार्यकारी उपाध्यक्ष अर्थबिद डा. देबराज रोका (कल्याण) को प्रमुख आतिथ्यमा सहकारीका सचालक समिति, पदाधिकारी शेयर सदस्य र युबा ब्यबसायीहरु बिच स्वरोजगार सम्बन्धि छ्लफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवामा लगानी , समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाइ आत्मसात गर्दै […]
नेपाल विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० मा प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको हो । गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न […]
भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए

भक्तपुर- कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ । भ्रमणका लागि आएको विदेशी पर्यटकले भक्तपुर नगरपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकन […]