विज्ञापन
No data was found

'धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’'

विराटनगर । धरान उपमहानगरपालिकामा खोलाबाट पाइप लगाएर सिधै ट्यांकीमा खन्याएको पानीमा मानव वा अन्य जीवजनावरको दिसामा पाइने ‘कोलिफर्म’ भेटिएको छ । धरानमा खानेपानी बोर्ड अन्तर्गत विभिन्न खोलाबाट संकलन गरी पानी वितरण भइरहेकोमा ती स्रोतका पानीको नमूना संकलन गरी परीक्षणगर्दा कोलिफर्मको मात्रा ३५ प्रतिशतसम्म भेटिएको जनाइएको छ । धरानका विभिन्न सात वटा स्थानमा रहेका पानीको स्रोतबाटै नमूना संकलन गरी परीक्षण गर्दा झाडापखाला र हैला फैलाउन सक्ने कोलिफर्म भेटिएको पुष्टि भएको हो ।संकलित नमूनालाई खानेपानी मन्त्रालय अन्तरगतको खानेपानी गुणस्तर परीक्षण प्रयोशाला इटहरीमा परीक्षण गरिएको थियो ।संकलित सवै नमूनामा कोलिफर्म पुष्टि भएपछि त्यसको जानकारीसहित परीक्षणको प्रतिवेदन नै बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बुझाइएको छ । धरानमा वितरित पानी पिउन योग्य नरहेको भन्दै मेयर साम्पाङलाई ध्यानाकर्षण गराइएको राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगर समितिका सचिव समेत रहेका तथा पानी परीक्षणमा अगुवाई गरेका स्थानीय सुमन श्रेष्ठले बताए । परीक्षण गर्दा विशेषगरी खोलाको स्रोतबाट आउने पानीमा कोलिफर्म भेटिएको उनले जानकारी दिए ।

विज्ञापन

स्राेत : Samachar Khudkilo

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत