विज्ञापन
No data was found

'कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की'

विराटनगर—कोशी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री राजेन्द्र कार्की पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीसहित अन्य मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । माओवादी केन्द्रबाट उनी स्वास्थ्य मन्त्री भएका हुन् । संखुवासभा घर भएका कार्की यसअघि केदार कार्की नेतृत्वको सरकार रहँदा सामाजिक विकास मन्त्री रहेका थिए । शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए । विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाँचकर्ण राईले पाएका छन् । त्यस्तै, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नारायण बुर्जामगरले पाएका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा भने मुख्यमन्त्री आफैले राखेका छन् ।  राज्यमन्त्री सिर्जना राई र वन्दना झाँगडले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई मुख्यमन्त्री कार्यालय र झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेशमा ९ वटा मन्त्रालय छन् । एमाले र माओवादी केन्द्रले भागबन्डा गर्दा एउटा मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीलाई छुट्याइएको छ ।  दोस्रो पटक मन्त्रीपरिषद विस्तारसँगै मन्त्रीपरिषदको संख्या १० पुगेको छ । शुक्रबार जिम्मेवारी पाएका उप्रेती र मगर २७ वैशाखमा मुख्यमन्त्री कार्कीसँगै मन्त्री बनेका थिए ।

विज्ञापन

स्राेत : Samachar Khudkilo

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई

प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित