विज्ञापन
No data was found

'कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की'

विराटनगर—कोशी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री राजेन्द्र कार्की पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीसहित अन्य मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । माओवादी केन्द्रबाट उनी स्वास्थ्य मन्त्री भएका हुन् । संखुवासभा घर भएका कार्की यसअघि केदार कार्की नेतृत्वको सरकार रहँदा सामाजिक विकास मन्त्री रहेका थिए । शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए । विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाँचकर्ण राईले पाएका छन् । त्यस्तै, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नारायण बुर्जामगरले पाएका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा भने मुख्यमन्त्री आफैले राखेका छन् ।  राज्यमन्त्री सिर्जना राई र वन्दना झाँगडले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई मुख्यमन्त्री कार्यालय र झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेशमा ९ वटा मन्त्रालय छन् । एमाले र माओवादी केन्द्रले भागबन्डा गर्दा एउटा मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीलाई छुट्याइएको छ ।  दोस्रो पटक मन्त्रीपरिषद विस्तारसँगै मन्त्रीपरिषदको संख्या १० पुगेको छ । शुक्रबार जिम्मेवारी पाएका उप्रेती र मगर २७ वैशाखमा मुख्यमन्त्री कार्कीसँगै मन्त्री बनेका थिए ।

विज्ञापन

स्राेत : Samachar Khudkilo

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत