प्रधानमन्त्री कार्कीको पहिलो निर्णय: प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव तय

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदबहालीको केही घण्टामै आफ्नो पहिलो निर्णयस्वरूप प्रतिनिधिसभा विघटन गरेकी छन् । शुक्रबार साँझ शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाटै संसद् विघटनको निर्णय गरिएको हो । यस्तै, प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेको लागि प्रतिनिधि सभाको नयाँ निर्वाचन मिति तय गरिएको […]

पशुपतिनाथमा अराजक समूह पुगेपछि खटियो सेना

पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूह पुगेर ढोकामा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको पुष्टि गरे। जेनजी प्रदर्शनकारीका अगुवाहरुले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन्। साथै, उनीहरुले नयाँ परिस्थिति सिर्जना भइसकेको भन्दै सरकारी सम्पत्तिमा आगजनी नगर्न आग्रह गरेका छन् ।

अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो, घर फर्किनुस्: बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक आह्वान गर्दै बालेनले भनेका छन्, ‘ प्लिज जेनजी, देश तपाईँहरूकै हातमा हो । तपाईँहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।

मेयर बालेनको अपिल– प्लीज जेनजी, अब घर फर्किनुहोस्

काठमाडौं महागनरपालिकाका मेयर बालेन शाहले जेन–जीलाई घर फर्किन अपिल गरेका छन्। मंगलबार अपराह्न फेसबुकमा लेख्दै उनले अब घर फर्किन अनुरोध गरेका हुन्। ‘प्लीज जेन–जी, देश तपाईंहरूकै हातमा छ। तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाई हाम्रो नै हुने हो। अब घर फर्कनुहोला,’ उनले लेखेका छन्।

राष्ट्रपतिले स्वीकृत गरे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको हो।

अन्ततः झुके ओली, प्रधानमन्त्री पदबाट राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ ।

जेनजी प्रदर्शनकारी सिंहदरबारभित्र प्रवेश

काठमाडौं । सिंहदरबारमा जेनजी प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । आक्रोशित भीडले सिंहदरबारको मूल गेट तोडेर भित्र प्रवेश गरेको हो । सोमबारको प्रदर्शनमा युवाहरुको ज्यान गएको घटनापछि आक्रोश चुलिँदै जाँदा आन्दोलन झनै आक्रमक बनेको देखिएको छ । हाल काठमाडौंसहित देशका प्रमुख सहरहरूमा प्रदर्शन जारी छ । शीर्ष नेताहरूका घर, पार्टी कार्यालयहरू, प्रहरी चौकी र सरकारी सम्पत्तिमा […]

रास्वपाका सबै सांसदले सामूहिक राजीनामा दिने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक संसदीय दलको बैठक सुरु भएको छ। अहिले १२ बजे देखि बैठक जारी रहेको प्रवक्ता मनिष झाले बताए। रास्वपाका सबै सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको छन्। अहिलेसम्म असिम साह र तोसिमा कार्कीले राजीनामा घोषणा गरिसकेका छन्।

राजीनामा दिएका गृहमन्त्री रमेश लेखकको घरमा आगजनी, सुरक्षाकर्मी भागे

हिजो मात्रै गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । आगजनीपछि त्यहाँ रहेका सुरक्षाकर्मीहरू भागेका छन् । जेन–जीको आन्दोलनलाई सरकारले दमन गरेको विरोधमा आज देशभरि प्रदर्शन भइरहेको छ । सो क्रममा प्रदर्शनकारीहरू राजनीतिक दलका निवासहरूलाई लक्षित गरेर आक्रमण गरिरहेका छन् ।

खानेपानीमन्त्री प्रदीप यादवले दिए पदबाट राजीनामा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जेनजीहरूको प्रदर्शनमा दमन भएपछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् । उनले भनेका छन्, ‘जेनजीहरू आन्दोलनको समर्थन र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु ।’ यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले […]

कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी

काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा पनि आगजनी गरेको छ। मंगलबार भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले कीर्तिपुर नगरको भवनमा आगजनी गरेका हुन्। जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएपछि काठमाडौं उपत्यकासहित विभिन्न देशमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा समेत तोडफोड/ आगजनी गरिरहेका छन्।

कांग्रेस सभापति देउवाको घरमा तोडफोड, लेखकको घरमा आगजनी

काठमाडौं । देशको संघीय राजधानीमा जारी विरोध प्रदर्शनले उग्र रूप लिएको छ । आन्दोलनकारीहरूले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा तोडफोड गरेका छन् । प्रदर्शनकारीको भीडले देउवा निवासको मुख्य गेट फुटाएर भित्र प्रवेश गरी भौतिक क्षति पुर्‍याएको हो । यसैबीच, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन् । […]