चित्लाङको श्री स्वच्छन्द भैरवजात्रा आजदेखि शुरू

काठमाडाैं । चित्लाङको श्री स्वच्छन्द भैरवजात्रा आजदेखि शुरू हुँदैछ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९, चित्लाङ, माझगाउँका आदिवासी बलामी लगायत स्थानीय समुदायले प्रत्येक वर्ष कोजाग्रत पुर्णिमा (कतिपुन्ही:) का दिनदेखि ३ दिनसम्म श्री स्वच्छन्द भैरवनाथको खटजात्रा गरि डबली नाच प्रदर्शन गर्ने प्रचलन रहिआएको छ । प्राचीन संस्कृतिको धरोहरको रूपमा रहेको (कतिपुन्ही: प्याखँय्) कार्तिके नाच […]

बिपी राजमार्ग सुचारु गर्न बगरमा अस्थायी बाटो बनाइदैं

काठमाडौं । बिपी राजमार्गको चौंकीडाँडादेखि बर्खेखोलासम्मको १६ स्थानमा गरी ४ किलोमिटर ८ मिटर खण्ड बाढी र पहिरोले जगदेखि डाइभर्सन वगाएको छ । यसमध्ये १४ स्थान भक्तपुर–काभ्रेप्लाञ्चोक डिभिजन कार्यालयअन्तर्गत परेका छन भने २ स्थान सिन्धुली–रामेछाप (खाल्टे) डिभिजन कार्यालय अन्तर्गत पर्छ । सरकारले उक्त बाटो पुनः सुचारु गर्न तत्कालै आवश्यक तयारी गर्न आइतबार सडक विभागलाई निर्देशन दिएको […]

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा छेडियो अभियान

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । जेन–जी आन्दोलनबाट सत्ताच्युत भएको उनीहरूले आन्दोलनमा दमन गरेको आरोप लगाउँदै पक्राउ गर्न माग गरिएको हो । आन्दोलनमा दमन गरेको भन्दै ओली र लेखकसहित पाँच जनाको राहदानी रोक्का गरिएको छ ।

हेटौँडा–भैँसे हुँदै काठमाडौं जाने सडकमा बेलुका ६ देखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–भैँसे हुँदै काठमाडौं जाने सडकमा बेलुका ६ देखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सबैखाले सवारी चलाउन रोक लगाएको छ। सोमबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म उक्त रोकावट लगाइएको हो। आवतजावतमा रोक लगाइएको समयबाहेक अन्य समयमा यात्रा गर्दा उच्च सतर्कता एवं सावधानी अपनाई यात्रा गर्न समेत कार्यालयले अनुरोध गरेको […]

चन्द्रागिरिको सडकमा फेला परेका व्यक्तिको मृत्यु, सनाखत हुन सकेन

काठमाडौं । चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति करिब ८:३० बजे सडकमा लडेको अवस्थामा फेला परेका ती व्यक्तिलाई उपचारका लागि सशस्त्र प्रहरीको एपीएफ अस्पताल पुर्‍याइएको थियो । उनलाई चिकित्सकले ८:४० बजे मृत घोषणा गरेका थिए । अन्दाजी […]

“पञ्चायत कालमै थानकोटमा “रातो पार्टी र सेतो पार्टी” को नामबाट राजनीतिक दल खडा गरिएको थियो”

वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको जीवन अनुभवको संगालो ” साँखेजुङको उकालो” कृतिबाट थानकोटको विगत सम्झाउने लेख प्रस्तुत गरिएको छ । “पञ्चायत कालमै थानकोटमा राजनीतिक दल खडा गरिएको थियो “ अहो! कति धेरै जलन ? बोली, व्यवहार र भेटघाटमा पनि एकले अर्कालाई होच्याउने, खसाल्ने र झगडा गर्ने वातावरण तयार हुन्थ्यो । तोकबहादुर लामालाई प्रभात हाई स्कुलको हेड […]

यस्तो छ आजको माैसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ। यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राति कोशी, लुम्बिनी, […]

आजदेखि बडादसैँ समापन हुँदै

काठमाडौँ । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा […]